निजी विद्यालयका ३ सय शिक्षक जागिरबाट निश्कासित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निजी विद्यालयका ३ सय शिक्षक जागिरबाट निश्कासित


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड-१९) ले निजी विद्यालयमा प्रत्यक्ष रुपमा प्रभाव पारेको देखिएको छ ।

कोभिड-१९ नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन अवधिभर निजी विद्यालयका तीन सय शिक्षक तथा कर्मचारी जागिरबाट निकालिएका छन्।

उपत्यकाका भित्रका निजी विद्यालयबाट मात्रै ४८ शिक्षकलाई जागिरबाट निकालिएको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए ।

उजुरी दिएका मात्रै तीन सय कर्मचारी रहेको र कामबाट निकालिएर जानकारीमा नआएका अन्य शिक्षक तथा कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्ने थापाको भनाई छ । शिक्षक कर्मचारीलाई जागिरबाट निकाल्ने काम तत्काल बन्द गर्नुपर्ने उनी बताउँछन् । थापाले जागिरबाट निकालिएका शिक्षक तथा कर्मचारीको तत्काल पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले शिक्षकलाई जागिरबाट निकालेको विषय शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरकार तथा सरोकारवालाहरुलाईसमेत जानकारी गराइसकेको बताए ।

कतिपय कार्यरत शिक्षक तथा कर्मचारीहरुले पनि तलब सुविधा नपाएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस