इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा भदौ ७ गतेदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा भदौ ७ गतेदेखि


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले लकडाउनका कारण रोकिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेदेखि गर्ने भएको छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले बुधबार एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि सञ्चालन गर्ने जानकारी दिएको छ ।

‘कोरोना भाइरसका कारण इन्जिनियरिङ अध्यन संस्थान अन्तर्गत सञ्चालन हुने पठनपाठन साथै स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको व्यहोरा विदितै छ। सरकारले ६ गते मध्यरातदेखि लकडाउन अन्त्य गरेकोले स्थगित गरिएको स्नातकोत्तर तहको परीक्षा भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा भदौ १५ गतेदेखि सञ्चालन गरिने व्यहोरा सबैलाई सूचित गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अबलम्बन गर्दै परिक्षा सञ्चालन गरिने र परीक्षा सम्बन्धी विस्तृत विवरण श्रावण १५ गते प्रकाशित गरिने सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस