चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ


७ श्रावण २०७७, बुधबार


घुस

काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट घुससहित पक्राउ परेका छन् ।

घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उप-महानगरपालिका-१ शान्ति वाटिका पार्क चोकबाट २० हजार घुससहित भट्टलाई नियन्त्रणमा लिएको हो ।

भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएवापत सेवाग्राहीसँग घुस लिएको आरोप छ । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस