वामपन्थी नेता वर्मन बुढाको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वामपन्थी नेता वर्मन बुढाको निधन


७ श्रावण २०७७, बुधबार


काठमाडौं । रोल्पाको थवाङ घर भएका बामपन्थी नेता बर्मन बुढाको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित ९० वर्षीय उनको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।

उनी २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बर्मन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।

उनी तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका थिए । उनी गाउँमा मुखियाहरुको अन्याय अत्याचारको विरोध गर्दा जेल परेका थिए । प्युठान कारागारमा बस्दा मोहनविक्रम सिंहसँगको संगतले उनलाई कम्युनिष्ट बनाएको थियो ।

२०१२ सालमा थवाङ फर्किएर उनले कम्युनिष्टको बिजारोपण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस