आजदेखि त्रिविका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन र पुस्तकालय सन्चालन नहुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजदेखि त्रिविका सबै क्याम्पसहरु खुल्ने, पठनपाठन र पुस्तकालय सन्चालन नहुने


७ श्रावण २०७७, बुधबार


काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसहरु खुल्ने भएका छन् । त्रिविले सूचना जारी गर्दै साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने जानकारी दिएको हो

तर क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने तत्काल नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।

त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

यस्तो छ सूचना :

Image may contain: text

प्रतिक्रिया दिनुहोस