२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशमा १ सय २७ वन सामुदायिक वैज्ञानिक वनमा समाहित

अ+ अ-

गोदावरी । सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६/७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा १२, डडेल्धुरामा पाँच, डोटीमा १०, बैतडी तीन, बाजुरा एक तथा अछाममा तीन गरी १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका हुन् ।

प्रदेशका सात जिल्लाभित्र ३४ हजार ४२२ दशमलव ९२ हेक्टर सामुदायिक वनभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको प्रदेश वन निर्देशनालयले जनाएको छ । प्रदेशभित्र कूल १० लाख ८३ हजार ६७० हेक्टर वन क्षेत्र रहेकोमा तीन दशमलव १८ प्रतिशत भूभागभित्र वैज्ञानिक वन व्यवस्थापन लागू भएको सुदूरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीका वन निर्देशक हेमराज विष्टले जानकारी दिए । तराईका २० जिल्लामा चार लाख ९३ हजार ३९९ हेक्टरमध्ये ५० प्रतिशत भुभागमा मात्र वैज्ञानिक वन व्यवस्थापन लागू गर्न सकियो हो भने वार्षिक रु १५ अर्ब राजस्व सङ्कलन गर्न सकिने बताउँदै विष्टले छदेखि १२ लाख व्यक्तिलाई रोजगारी दिन सकिने बताए ।

प्रदेशमा चालू आर्थिक वर्षमा पाँच लाख ४८ हजार ७४० क्वीफिट काठ र दुई हजार ८७५ चट्टा दाउरा सङ्कलन गर्ने प्रक्षेपण गरिएको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशमा वैज्ञानिक वन लागू भएका १२७ वटा सामुदायिक वनमध्ये कैलालीका बाह्रवन र भारताल गरी दुई वटा वनमा साझेदारी वन व्यवस्थापन लागू भएको जनाएको छ ।

विसं २०७१ मा बाह्रवन साझेदारी व्यवस्थापन समितिमा वैज्ञानिक वनको कार्ययोजना स्वीकृत भएको थियो भने भारतालको २०७६ मा कार्ययोजना स्वीकृत भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस