बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


५ श्रावण २०७७, सोमबार


काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटरमा सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बैठक बालुवाटारमा बसिरहेको छ । देशमा देखिएको विविध समस्या सामाधानमा बैठक केन्द्रित रहेको बुझिएको छ ।

अविरल वर्षाका कारण देशमा देखिएको प्राकृतिक विपत्ती, त्यसबाट उत्पन्न समस्या समाधान र कोरोनाका कारण मुलुकमा जारी लकडाउन खुकुलो बनाउने या नबनाउने विषयमा समेत छलफल भइरहेको एक मन्त्रीले बताए । त्यस्तै, सार्वजनिक यातायात सञ्चालन गर्न सरकारको तर्फबाट गरिने सहयोग, आन्तरिक हवाई उडानबारेमा समेत मन्त्रिपरिषद बैठकको छलफलको विषय रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस