आज कति छ सुनचाँदीको मूल्य ? « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

आज कति छ सुनचाँदीको मूल्य ?


५ श्रावण २०७७, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस