युएईको पहिलो ऐतिहासिक यान प्रक्षेपण, सन् २०२१ मा मङ्गल ग्रहमा पुग्ने दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युएईको पहिलो ऐतिहासिक यान प्रक्षेपण, सन् २०२१ मा मङ्गल ग्रहमा पुग्ने दाबी


५ श्रावण २०७७, सोमबार


काठमाडौं । संयुक्त अरब इमिरेट्स(युएई)ले पहिलो एतिहासिक यान प्रक्षेपण गरेको छ । होप नामक उक्त यान एचटू–ए रकेटमार्फत जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट मङगल ग्रहका लागि प्रक्षपण गरेको हो ।

५० किलोमिटर दुरीमा रहेको मङ्गल ग्रहको मोसम तथा जलवायुबारे अध्ययन गर्न उक्त यान पठाइएको हो । गत साता पनि दुई वटा यान प्रक्षेपणका लागि गरिएको प्रयास खराव मोसमका कारण स्थगित गरिएको थियो ।

होप नामक उक्त यान सन् २०२१ को फेब्रुअरीमा मङ्गल ग्रहमा पुग्ने छ । त्यतिवेला युएई स्थापनाको ५० औँ वार्षिकोत्सव हुने छ ।

यस्तै अमेरिका र चिनले पनि मङ्गल ग्रहमा मिशन पठाउने अन्तिम तयारीमा रहेका छन् । बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस