गजल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गजल


३ श्रावण २०७७, शनिबार


कतै काम नलाग्ने निकम्मा पो ठान्यौ ।
दुख्दैन अन्त चोट भनी मुटुमै हान्यौ ।।

लहसियौ प्रेममा बन्यौ अन्धो हिंजो ।
सँगै व्यवहार गर्नु पर्‍यो अनि मात्र जान्यौ ।।

हुन त के नै पो बिगारेथेँ मैले ।
तिम्रो जीवन बिगार्ने दोष मेरो मान्यौ ।।

थिए एक से एक त्यो बेला अगाडी ।
के गुण देखेर हो मलाई नै छान्यौ ?

पछुताएर अब के नै पो मिल्छ ?
‘उराठी‘ छ कहरमा गलाको सुर्केनी तान्यौ

Tags :
प्रतिक्रिया दिनुहोस