नेपाली सेनाको प्रवक्तामा सहायक रथी पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाको प्रवक्तामा सहायक रथी पौडेल


३ श्रावण २०७७, शनिबार


काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । निवर्तमान प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पौडेललाई कार्यभार हस्तान्तरण गरेसँगै सिग्नल निर्देशनालयमा कार्यरत पौडेलले शुक्रवार कार्यभार सम्हालेका हुन् ।

२९ चैत ०७५ देखि प्रवक्ताको जिम्मेवारी सम्हालेका पाण्डे उत्तर पश्चिम पृतना सुर्खेतको निमित्त पृतनापतिका रूपमा सरुवा भएका छन् ।

उत्तर पश्चिम पृतनापति उपरथी सरोज प्रताप राना सेनाको गुप्तचर महानिर्देशनालयका प्रमुखका रूपमा सरुवा भएका छन् । हालका महानिर्देशक उपरथी शंकरबहादुर कडायतले साउन दोस्रो सातादेखि अवकाश पाउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस