बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुरु, आज होला त नेकपाभित्र सहमति ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालुवाटारमा शीर्ष नेताहरुको बैठक सुरु, आज होला त नेकपाभित्र सहमति ?


१ श्रावण २०७७, बिहिबार


सरकारी जग्गा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको बैठक सुरु भएको छ । नेकपाको आन्तरिक विवादको टुंगो लगाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच बैठक केहीबेर अघि सुरु भएको हो ।

छलफलमा विष्णु पौडेल पनि सहभागी छन् ।

बुधबार पनि दुबै अध्यक्षबीच वार्ता भएको थियो । तर कुनै पनि सहमति नगरी वार्ता सकिएको थियो । नेकपा भित्रको आन्तरिक विवादका कारण स्थायी समिति बैठक पनि सर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित अभिव्यक्ति भन्दै नेकपा भित्रैबाट आलाचना र विवाद भइरहेको छ । नेकपाकै शीष नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिन नमाने पछि विवाद झन् चुलिँदै गएको नेकपा स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न नेकपा नेताहरुले अडान लिइरहेका छन् तर प्रधानमन्त्री ओली भने हाललाई कुनै पनि पद छोड्ने पक्षमा छैनन् ।

यस अघिका छफलहरुले कुनै पनि निष्कर्ष दिन नसक्दा नेकपा स्थायी कमिटी बैठक पनि साउन २ गतेका लागि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस