बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र


३१ असार २०७७, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी मुख्यालयले दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न गृहमा पत्र पठाएको छ ।

एसएसपी अधिकारी विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बलात्कार आरोपमा उजुरी परेको थियो ।

चितवन घर भई पोखरामा बस्दै आएकी एक महिलाले एसएसपी अधिकारी विरुद्ध उजुरी दिएपछि कास्की प्रहरीले सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरेको थियो । प्रहरीले एसएसपी अधिकारीलाई झाडीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : बलात्कार आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ

पक्राउको व्यहोरा पाएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आरोपित एसएसपी अधिकारीलाई निलम्बन गर्न पत्र पठाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस