बलात्कार आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बलात्कार आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ


३१ असार २०७७, बुधबार


जबर्जस्ती करणी

काठमाडौँ । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् ।

चितवनकी २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोपमा एसएसपी अधिकारीलाई नियन्त्रणमा लिइएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । पोखरास्थित मामाघरमा बस्दै आएकी ती महिलालाई एसएसपी अधिकारीले खाना खान बोलाएर जबरजस्ती करणी गरेको आरोप छ ।

घटना लगत्तै पीडित महिलाले बुधवार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको थियो । एसएसपी अधिकारीलाई झाडीभित्र लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको एक प्रहरी अधिकारीले बताएका छन् ।

एसपीको टोलीले घटनास्थलबाट प्रमाणहरू सङ्कलन गर्ने काम भइरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस