राजश्व छली आरोपमा दुई फर्म विरुद्ध ४ अर्व बिगो माग दाबीसहित मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजश्व छली आरोपमा दुई फर्म विरुद्ध ४ अर्व बिगो माग दाबीसहित मुद्दा दायर


३१ असार २०७७, बुधबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलेको आरोपमा दुई फर्म र तिनका सञ्चालकविरुद्ध झन्डै ४ अर्व रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ ।

विभागले सोह्र खुट्टेको हाइटेक ईन्टरनेशनल प्रा.लि.का सञ्चालकसहित दुई जनामाथि २ अर्व ४२ करोड रुपैयाँ बिगो माग दाबी गरेको हो । उक्त कम्पनीले भन्सार विन्दुबाट मालसामान ल्याउँदा लुकाई छिपाई ल्याएको आरोप छ ।

त्यसरी ल्याएको सामानमध्ये थोरैको मात्रै बिल जारी गरेको भन्दै विभागले १ अर्व ७१ करोड रुपैयाँ भन्सार चुहावट गरेको आरोप विभागले लगाएको हो । ५९ करोड २८ लाख रुपैयाँ भ्याट छलेको तथा आयकर र लाभांश गरी १२ करोड १४ लाख गरेको आरोप छ ।

त्यसै गरी, ललितपुर सानेपामा रहेको जेएसएस मोबाइल सर्भिसेसहित अरू तीन कम्पनीका सञ्‍‍चालकले १ अर्व ३९ करोड रुपैयाँ छलेको आरोपमा पनि विभागले मुद्दा दायर छ । ती कम्पनीहरूमाथि भन्सार छलेर मेमोरी कार्ड, पेन डाईभ लगायतका सामान ल्याएको आरोप छ । उनीहरूको कम्पनीमा छापा मार्दा वास्तविक कारोबार लुकाउन छुट्टै खाता पाता राख्ने गरेको भेटिएको विभागको दाबी छ ।

विभागले १ अर्व १ करोड भन्सार छली, ३२ करोड २४ लाख भ्याट छली र ४ करोड ८५ लाख रुपैयाँ आयकर र लाभांश छलेको आरोप लगाएको हो । उक्त कम्पनीका साथ राजस्व छलीको आरोपमा मुछिनेमा श्याम इम्पेक्स र श्याम बाबा इन्टरप्राइजेजका सञ्चालक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस