२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए। आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।

पहिरो गएको स्थल निरीक्षणका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई एक दिनअघि त्यसतर्फ लाग्नुभएकामा खराब मौसमका कारण सङ्खुवासभाको तुम्लिङटार विमानस्थल उत्रिएर स्थानीय प्रशासन, राजनीतिक दल र सरोकार पक्षहरुसँग भेटघाटका साथ पहिरो र त्यसले पुर्‍याएको क्षतिका बारेमा बुझी सबैलाई एकसाथ जुट्न आग्रह गरेर फर्किए । यसैगरी पहिरोको निरीक्षण गर्न सङ्घीय सांसद राजेन्द्रप्रसाद गौतम, पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलगायतको टोली पुगेको थियो ।

यसैगरी पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले पहिरो गएको स्थलमा आफ्नो निजी खर्चमा हेलिकोप्टरबाट खानेपानीलगायत दैनिक आपूर्तिका लागि पोली पाइप, त्रिपाल, टेन्ट, म्याटलगायत ५०० किलोभन्दा बढी खाद्यान्नसहितका सामग्री उपलब्ध गराउँदै पहिरोपीडितका लागि जतिसक्दो चाँडो राहत उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको नेपाली काँग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस