लोक सेवा आयोगको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लोक सेवा आयोगको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक


३१ असार २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकामा २०७६/०७७ को लागि विज्ञापन गरिएका पदहरूको पनि परीक्षा लिइने गरी समयावधि तोकिएको छ । आयोगले पहिलो चरणको परीक्षा लिइसकेका विज्ञापनहरूको लिखित परीक्षा भदौ र असोजमा हुने बताएको छ ।

यस्तै लिखित परीक्षा सञ्चालन हुन बाँकी रहेका विज्ञापनहरूको भने नेपाल सरकारबाट अनुरोध भएमा परीक्षा कार्यक्रम तय गरिने आयोगले जनाएको छ ।

आयोगले कोभिड १९ का कारण स्थिति सामान्य हुन नसकेमा पुनः कार्यतालिका पुनरावलोकन गर्न सकिने पनि बताएको छ ।

यस्तो छ कार्यतालिका

 

Tags :
प्रतिक्रिया दिनुहोस