१४५ कर्मचारीको करार सम्झौता नवीकरण नगरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१४५ कर्मचारीको करार सम्झौता नवीकरण नगरिने


३० असार २०७७, मंगलबार


काठमाडौँ । नेपाल एयरलाइन्सले १४५ करार कर्मचारीको सम्झौता नवीकरण नगर्ने भएको छ ।

असार मसान्तमा करार सम्झौता सकिएका एक सय ४५ जना करार कर्मचारीको सम्झौता नवीकरण नगर्ने निर्णय भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

खर्च कटौतीका कारण स्थायी कर्मचारीबाटै कार्य सम्पादन हुने क्षेत्रमा राखिएका कर्मचारी कटौतीको निर्णय भएको एयरलाइन्स स्रोतले जनाएको छ ।

एयरलाइन्समा कार्यरत करिब १५ सय कर्मचारी मध्ये ४ सय ५० हाराहारी कर्मचारी करारमा राखिएका छन् ।

विमानस्थलमा ग्राउन्ड ह्याण्डिलिङमा कार्यरत कर्मचारी, प्रशासनिक कार्यालयमा सरसफाइ लगायतमा काम गर्ने कर्मचारीको सम्झौता नवीकरण भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस