डीएसपी बिरुद्ध मुद्धा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डीएसपी बिरुद्ध मुद्धा दायर


३० असार २०७७, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक ‘डीएसपी’ रमेशबहादुर सिंह बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दर्ता गरेको छ ।

नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

सिंहले जिल्ला प्रशासन कार्यालय बझाङबाट प्राप्त नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्म मिति सच्चाई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सरकारी लाभ सुविधा लिएको पाइएको आरोप पत्रमा उल्लेख छ ।

उनले प्रहरी प्रधान कार्यालय नक्सालबाट विज्ञापन भएको प्रहरी निरीक्षक पद ओहदाको लागि दरखास्तका साथ झुट्टा विवरण पेश गरी सरकारी लाभ सुविधा लिएको पाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस