ओली–प्रचण्ड आज पनि ‘वान टु वान’ वार्ता, छलफलमा के के भयो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली–प्रचण्ड आज पनि ‘वान टु वान’ वार्ता, छलफलमा के के भयो ?


३० असार २०७७, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज पनि वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबिच डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको हो। तर, आजको वार्ता बाट पनि कुनै पनि निष्कर्ष निस्कन सकिएको छैन ।

मध्यान्ह १२ बजेदेखि करिब १ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच ‘वान अन वा’ छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन्। अध्यक्षद्वयबीच भोलि पुनः छलफल गर्ने गरी आजको वार्ता सकिएको सापकोटाले बताए।

यस अघि बुधवार–एक्ला एक्लै भएको भेटमा पनि ओली र प्रचण्डबिच कुनै पनि सहमति हुन सकेको थिएन। २६ गतेका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर साउन २ गतेको लागि सारिएको थियो।

असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद उत्पन्न भएको छ।

पार्टी भित्रैबाट ओलीको राजीनामा माग भएकै कारण नेकपामा पार्टी विभाजनसम्मको कुरो चलेको थियो ।

प्रतिक्रिया दिनुहोस