मानबहादुर वि.क. सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मानबहादुर वि.क. सचिवमा बढुवा


२९ असार २०७७, सोमबार


काठमाडौँ । सरकारले सहसचिव मान बहादुर वि.क. लाई सचिवमा बढुवा गरेको छ ।

सोमबार अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका वि.क.लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस