सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस


१० असार २०७७, बुधबार


समायोजन

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये दुवाडी यसअघिको बढुवामा समेत एक नम्बरमा सिफारिस भएका थिए तर सरकारले तेस्रो नम्बरका विष्णु नेपाललाई सचिव बनाउने निर्णय गरेको थियो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ । प्रशासन विशेष स्रोतका अनुसार मान बहादुर बिक सचिवमा बढुवा हुने सम्भावना प्रबल छ ।

Tags :
प्रतिक्रिया दिनुहोस