बलीवुड अभिनेता अमिताभ र छोरा अभिषेकलाई कोरोना सङ्क्रमण, जया र ऐश्वर्याको पनि परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलीवुड अभिनेता अमिताभ र छोरा अभिषेकलाई कोरोना सङ्क्रमण, जया र ऐश्वर्याको पनि परीक्षण


२८ असार २०७७, आइतबार


काठमाडौँ । अभिनेता अमिताभ बचनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले आफू कोरोना सङ्क्रमित भएको ट्विटमार्फत जानकारी दिएका हुन् ।

उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बचनले पनि आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको ट्विटर मार्फत जानकारी दिएका छन् ।

दुवै जनालाई मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ ।

सङ्क्रमण पछि अभिनेता अमिताभले आफ्नो परीक्षण पोजेटिभ देखिएको र अस्पताल भर्ना भएकोले नआत्तिन आग्रह गरेका छन् । ७७ वर्षीय अमिताभ पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका छन् । उनले दुई सय ओटा चलचित्रमा अभिनयसमेत गरिसकेका छन् ।

यस्तै, अमिताभ बचनका ४४ वर्षीय छोरा अभिषेक बचनले ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले पनि ट्विटर मार्फत कसैलाई पनि नआत्तिन आग्रह गरेको र आफू र आफ्ना बुबालाई सामान्य लक्षण मात्रै देखिएको बताएका छन् ।

यस्तै अमिताभ बचनकी पत्नी जया बचन र उनी बुहारी ऐश्वर्या राय बच्चनको पनि कोरोना भाइरसको परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आज आउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस