नेपलमा घट्दै कोरोना संक्रमण : आज ७० जनामा पुष्टि, ४३१ जना डिस्चार्ज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपलमा घट्दै कोरोना संक्रमण : आज ७० जनामा पुष्टि, ४३१ जना डिस्चार्ज


२७ असार २०७७, शनिबार


काठमाडौं । नेपालमा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमल थप ७० जनामा कोरोना पुष्टि भएको बताएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६४८ पीसीआर परीक्षण गरिएको थियो।

विगत २४ घण्टामा ४ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ हजार ४ सय ४२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस