ग़ज़ल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग़ज़ल


२७ असार २०७७, शनिबार


उनको नजरमा म पागल जस्तै छु
वर्षा बिनाको म बादल जस्तै छु ।

बुझ्छिन् कुनै दिन उनी मेरो मूल्य
बज्ने गजलमा म मादल जस्तै छु ।

सजिलै कहाँ टिप्न मेरो मुटु नै छ
वनमा फलेको म काफल जस्तै छु ।

बोलाउ छन् कुन बखत के ठेगान
भगवानका लागि भाकल जस्तै छु ।

कस्तो अनौठो छ कुन्दन यो प्रेम
चोटै नखाई म घायल जस्तै छु ।

Tags :
प्रतिक्रिया दिनुहोस