राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजश्व छली गर्ने व्यवसायीविरुद्ध मुद्दा


२६ असार २०७७, शुक्रबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । कपडालगायतको मालवस्तुको आयात तथा थोक बिक्री कारोबार गर्दा ढुवानी साधनको अनुगमन प्रणालीमा(भीसीटीएस) विवरण नराखेको अभियोगमा राजश्व अनुसन्धान विभागले कारवाही गरेको छ ।

विभागका अनुसार भीसीटीएसमा प्रविष्ट नगरी कानूनको परिपालना नगरेको अभियोगमा विभिन्न १४ फर्मलाई कारवाही गरिएको हो । विभागले त्यस्तो गलत काम गर्नेलाई रु ३० लाख ७५ हजार बराबरको जरिवाना गरेको छ ।

सरकारले लागू गरेको भीसीटीएस प्रणालीमा सामान आयातको प्रविष्ट गर्नुपर्ने कानुनी प्रावधान छ । राजश्व छली गर्ने ध्येयका साथ व्यापारिक फर्मले कानूनको परिपालना नगरेको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विभागले राजश्व चुहावट गरेको अभियोगमा विभिन्न फर्ममाथि रु ६ करोड ६९ लाख बिगो कायम गरी उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको छ । श्याम ग्लास इण्डस्ट्रिजले राजश्व चुहावट गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सो इण्डस्ट्रिजविरुद्ध यही असार २२ गते मुद्दा दायर गरिएको हो ।

विभागका अनुसार सो कम्पनीले नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी उत्पादित सिसा तथा सिसाजन्य मालवस्तुमा अन्तशुल्क असुल नगरेको पाइएको छ । सो कार्य राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीतको कार्य हो । यस्तै, राजश्व चुहावट गर्ने महाशक्ति गुट्खा उद्योगलाई रु ६३ लाख आठ हजार ७०६ बराबरको बिगो कायम गरी उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।

सो उद्योगका सञ्चालकले सरकारलाई तिर्नु बुझाउनुपर्ने राजश्व नतिर्ने एवं कम तिर्ने ध्येय राखेर अन्तशुल्कजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गरेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस