बैठक सकिने बित्तिकै आइभरी कोस्टका प्रधानमन्त्रीको निधन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बैठक सकिने बित्तिकै आइभरी कोस्टका प्रधानमन्त्रीको निधन


२५ असार २०७७, बिहिबार


आइभरी कोस्ट । बैठक सकिने वित्तिकै आइभरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ ।

मन्त्रिपरिषद बैठक सकिएर बाहिर निस्किएको केही बेरमै प्रधानमन्त्री कोउलीबेलीको निधन भएको हो ।

राष्ट्रपति कार्यालयमा बसेको बैठकबाट निस्किएको केही बेरमै अचानक उनको निधन भएको बताइएको छ । उनको निधनप्रति दुख व्यक्त गर्दै राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गरेका छन् ।

केही वर्षदेखि स्वास्थ्य समस्या झेल्दै आएका प्रधानमन्त्री अमदोउ आगामी अक्टोबरमा हुने राष्ट्रपतिको लागि उम्मेदवार चयन भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस