मोबाइल र कम्प्युटर धेरै चलाउनेमा चाँडै बुढ्यौली आउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मोबाइल र कम्प्युटर धेरै चलाउनेमा चाँडै बुढ्यौली आउने


२५ असार २०७७, बिहिबार


काठमाडौं । मोबाइल तथा कम्प्युटरको प्रकाशले मानिसमा चाँडै बुढ्यौली आउने एक अध्ययनको निष्कर्ष छ । मोबाइल र कम्प्युटरमा देखिने नीलो प्रकाशले मानिसको निन्द्रमा समस्या पर्न जाने हुँदा चाँडै बुढ्यौली आउने सम्भावना रहेको बताइएको छ ।

निन्द्राले मानिसको शरीर तथा मस्तिष्कलाई ताजगी बनाइराख्ने हुँदा निन्द्रा डिस्टर्ब भएमा विभिन्न खाले शारीरिक समस्याका साथै मानसिक समस्या पनि देखा पर्नसक्ने अध्ययनले प्रमाणित गरेको छ ।

वैज्ञानिकहरुले यसबारे भुसुनाहरुमा अध्ययन गरेको थियो । उक्त प्रकाशले भुसुनाहरुको आयु छोटिएको अध्ययनमा देखियो । यसकारण वैज्ञानिकहरुले मानिसमा पनि चाँडै बुढ्यौली ल्याउन उक्त प्रकाशले सहयोग गर्ने देखियो । जो मोबाइल र कम्प्युटरमा बढी व्यस्त रहन्छ उनीहरुको शारीरिक अवस्थामा पनि चाँडै बुढ्योलीको लक्षण देखिने अनुमान गरिएको छ ।

कम्प्युटर वा फोनको स्क्रीनबाट आउने नीलो प्रकाशले शरीरको घडीलाई प्रभाव पार्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । जसले मानिसमा बुढ्यौली लाग्ने प्रक्रियालाई प्रभाव पार्ने देखिएको छ । मानिसहरु लामो समय बाँच्ने भएकाले वैज्ञानिकहरुले यो अध्ययन फफूलमा लाग्ने भुसुनामाथि गरेका थिए । स्क्रीनबाट निस्कने नीलो प्रकाशसँग साक्षात्कार गरेका मुसुनाहरुको आयु अरु भुसुना भन्दा उल्लेख्यरुपमा घटेको पाइयो ।

नीलो प्रकाशले जीनमा तनावको प्रक्रियालाई उत्तेजित पारिदिने वैज्ञानिकहरुको अनुमान छ । यो अध्ययनले नीलो प्रकाशले पार्ने असरबारे गरिएका पुराना अध्ययनको निष्कर्ष ठीक रहेको बताएको छ । चीन्ताको विषय त के हो भने मोबाइल वा कम्प्युटरबाटै नै नीलो प्रकाश निस्किन्छ ।

वैज्ञानिकहरुले मानवमा नीलो प्रकाशले पार्ने प्रभावबारे थप अध्ययन गरिने बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस