बर्दीमा दाग लगाउनेलाई निर्मम कारबाही गरिने : नवनियुक्त आइजिपी थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बर्दीमा दाग लगाउनेलाई निर्मम कारबाही गरिने : नवनियुक्त आइजिपी थापा


२५ असार २०७७, बिहिबार


काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइजिपी थापाले कानुनले तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

उनले प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने बताए।

आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न उनले आग्रह गरेका छन् । उनले भने, “कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारबाही गरिन्छ ।”

यस्तै मुलुक स्वास्थ्य महामारीको चपेटामा रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुर्‍याउनेसमेत उनले प्रतिबद्धता व्यक्त गरे।

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेर हदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस