नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिन्ह, आजै कार्यभार सम्हाल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त आइजिपी थापालाई दर्ज्यानी चिन्ह, आजै कार्यभार सम्हाल्ने


२५ असार २०७७, बिहिबार


काठमाडौं । नवनियुक्त आइजिपी शैलेश थापाले दर्ज्यानी चिन्ह लगाएका छन् । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक(आइजीपी) शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

आजै उनले कार्यभार पनि सम्हाल्ने छन् । २०४९ साल वैशाख १९ गतेदेखि प्रहरी सेवामा प्रवेश गरेका थापा क्षेत्रीले २०७९ साल वैशाख १९ गतेसम्मका लागि थापा क्षेत्रीले प्रहरीको नेतृत्व सम्हाल्ने छन्।

नेपाल प्रहरीमा ३० वर्षे सेवा पूरा भएपछि पूर्वआइजिपी ठाकुर प्रसाद ज्ञवालीले बुधबार अवकास पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस