सरकारले बाह्रबिसे क्षेत्रमा छिटो उद्धार टोली परिचालन गरोस् : देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारले बाह्रबिसे क्षेत्रमा छिटो उद्धार टोली परिचालन गरोस् : देउवा


२५ असार २०७७, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई बाह्रविसे क्षेत्रमा उद्धार टोली छिटो पठाउन आग्रह गरेका छन् । सभापति देउवाले बिहीबार बिहानै ट्वीट गर्दै गएराति सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार टोली छिटो पठाउनआग्रह गरेका हुन् ।

यस्तै उनले सिन्धुपाल्चोकमा रहेका कांग्रेस कार्यकर्ताहरुलाई पनि उद्धार कार्यमा खटिन निर्देशन दिएका छन् ।

‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु’ उनले ट्वीटरमा भनेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा गए राति आएको अबिरल वर्षासँगैको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीका कारण १८ घर बगेकामा केही मानिस पनि बेपत्ता रहेको र दुई जनाको शव फेला परेको छ ।

अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस