प्रहरी महानिरीक्षकको नियुक्ति आज, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रहरी महानिरीक्षकको नियुक्ति आज, ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


२३ असार २०७७, मंगलबार


काठमाडौँ। सरकारले मंगलबार(आज) नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्दै छ । त्यसका लागि अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

हालका प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधवार(भोलि)बाट अवकाश पाउँदै गर्दा उनको ठाउँमा नयाँ आइजिपी नियुक्त गर्न लागिएको हो । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक(डिआइजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्।

नयाँ आइजिपीका लागि एआईजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दौडमा छन् । थापा संगठनमा इमानदार अधिकृतका रूपमा परिचित छन् भने पाल कमान्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

थापा र पालले जो आइजिपी भए पनि एकसाथ अघि बढ्ने बताउँदै यसअघि झैँ एकले अर्कालाई हिलो छ्याप्ने तथा आरोप प्रत्यारोप गरेका छैनन् । सार्वजनिक कार्यक्रममासमेत सँगसँगै जाने गरेको उनीहरू नियुक्तिको दिन नजिकिँदै गर्दा भने दुवैको शक्तिकेन्द्रमा दौडधुप बढेको थियो । सोमबार पाल र थापाले आ-आफ्नो पक्षमा लबिङलाई तीव्र पारेका थिए । केही समय अघिसम्म पालको चर्चा बढी भए पनि अहिले थापासमेत चर्चामा छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले बुधवार आइजिपी ज्ञवालीको बिदाइ तथा नयाँ आइजिपीको स्वागत कार्यक्रम राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस