‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’


२२ असार २०७७, सोमबार


रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले सङ्कटमा रहेकाले पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाए । उनले भने, “हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।”

सो अवसरमा नेपाली कांगे्रसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राखे । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताए । कार्यक्रममा डा सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस