थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७८४ पुग्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७८४ पुग्यो


२१ असार २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २९३ जनामा कोरोना पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

यस्तै आज थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस