ओली–दाहाल वार्ता सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली–दाहाल वार्ता सकियो


२१ असार २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता सकिएको छ । दुवै पक्षबीच भएको छलफल भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको वार्तामा कुनै ठोस निर्णय नभएको र सोमबारकोे स्थायी कमिटी बैठक बस्नु अघि फेरि छलफल गर्ने गरी बैठक सकिएको बताइएको छ ।

वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

पछिल्लो पटक दुई अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस