दुर्घटनामा वडाध्यक्ष घाइते « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दुर्घटनामा वडाध्यक्ष घाइते


२० असार २०७७, शनिबार


तुलसीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए ।

शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस