२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

अ+ अ-

बनियानी । कोभिड-१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलबसुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् ।

विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरु सडक संघर्षमा उत्रिएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) झापाको नेतृत्वमा शुक्रबार झापाको बिर्तामोडमा मौन ¥याली निकालियो । ¥यालीमा ‘शिक्षक कहिलेसम्म भोकै ?’, ‘कोरोनाले त छँदैछ, भोकले मृत्यु हुँदैछ’, ‘हाम्रा लागि सरकार कहाँ छ रु’ लगायत नारा उल्लेखित पम्पप्लेट प्रदर्शन गरेका थिए ।

इस्टु झापा अध्यक्ष होमराज खतिवडाले बन्दाबन्दी शुरु भएयता आफूहरुले तलब नपाएको बताए । “चैतदेखि नै हामीले तलब पाएका छैनौँ”, उनले भने, “पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ भएको छैन, बाध्य भएर सडक सङ्घर्षमा उत्रिएका हौँ ।” संस्थागत सवारी चालक सङ्घ झापाका अध्यक्ष पदम तामाङले चैतदेखि तलब नपाउँदा घर चुलो बल्ने अवस्था नरहेको बताए । “चार महिना हुन लाग्दा पनि तलब पाइएको छैन”, उनले भने, “घरमा चुलो बल्ने अवस्था छैन, हाम्रो कुरा कसैले सुन्दैनन् ।”

इस्टु झापाले यहाँका १५ वटै स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ तर, तलब–सुविधा पाउने वातावरण सिर्जना हुन नसकेको इस्टु भद्रपुरका नगर अध्यक्ष द्रोण अधिकारीले बताए । “संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको समेत तलब पाउन सकेका छैनन्”, उनले भने, “सामाजिक न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हौँ ।”

युएनटो झापाका अध्यक्ष शिवराज भण्डारीले अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्ने निजी विद्यालयका शिक्षकको घरमा चुलो अवस्था नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताए । “अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनको मुख्य भूमिकामा रहेका निजी शिक्षण संस्थाका शिक्षक–कर्मचारी जहिल्यै शोषण र अपहेलनामा परेका छन्”, उनले भने, “उनीहरुको सम्मान न शिक्षण संस्थाले गरेको छ न त सरकारले नै ।” निजी विद्यालयका शिक्षकको अधिकार रक्षा र उनीहरुको संरक्षणका लागि सरोकारवालाले तत्काल कदम चाल्नुपर्ने उनको माग छ ।

कोणसभामा इस्टुका प्रदेश सदस्य यादव अधिकारीले राष्ट्रव्यापी रुपमा साङ्केतिक आन्दोलन थालिएको बताए । यसबाट पनि माग सम्बोधन नभए दोस्रो चरणमा घर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ । झापाका ४०० निजी विद्यालयमा सात हजार शिक्षक कर्मचारी कार्यरत रहेको इस्टुका केन्द्रीय सदस्य एनपी लामिछानेले बताए । देशभरका छ हजार निजी विद्यालयमा ८७ हजार शिक्षक कर्मचारी कार्यरत रहेको सरकारी तथ्याङ्क रहेको भए पनि आठ हजार निजी विद्यालयमा दुई शिक्षक कर्मचारी कार्यरत रहेको र १८ लाख विद्यार्थी अध्ययनरत रहेको इस्टुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस