राष्ट्रपतिबाट संसद्‍को बजेट अधिवेशन अन्त्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिबाट संसद्‍को बजेट अधिवेशन अन्त्य


१८ असार २०७७, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी छन् । बिहीबार बिहानको मन्‍त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले अधिवेशनको औपचारिक अन्त गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ पठाइएको सिफारिस अनुसार राष्ट्रपतिले बिहीबार साँझ ५ बजेबाट संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य भएको छ। बिहीबार साँझ ५ बजेदेखि लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस