नेकपा स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा स्थायी कमिटी बैठक स्थगित


१८ असार २०७७, बिहिबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

केही बेर चलेको स्थायी समिति बैठक स्थगित गरी दुई अध्यक्षबीच छलफलको तयारी भएको एक स्थायी समिति सदस्यले बताए ।

यसअघि बसेको बैठकमा नेकपा स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।

प्रधानमन्त्री ओलीले भने बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस