दाङमा एक युवतीले गरिन फेसबुक लाइभ गर्दै आत्महत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दाङमा एक युवतीले गरिन फेसबुक लाइभ गर्दै आत्महत्या


१८ असार २०७७, बिहिबार


दाङ । दाङमा एक युवतीले फेसबुक लाइभ गर्दै आत्म हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिकाकी करिब २२ वर्षीय युवतीले राति करिब १ बजेतिर फेसबुक लाइभ गर्दे आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

युवती एलिसा गौतमले फेसबुक लाइभ गर्दै आत्महत्या गर्न लागेको खबर पाएपछि प्रहरी परिचालन गरिएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ । प्रहरी करी ३ः३० बजे युवतीको घरमा पुग्दा उनी आफ्नै घरको कोठामा सिलिङ फ्यानमा झुण्डिएको आवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

रातीको समय भएकाले घरका कसैले पनि थाहा नपाएको र फेसबुक लाइभ गर्दै पासो लगाएकोेले प्रहरीलाई राति नै खबर पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काका अनुसार युवतीले आत्महत्या गर्नुको कारण पत्ता नलागेको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस