खानेपानीका प्रमुखसहित चार इन्जिनियर प्रक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खानेपानीका प्रमुखसहित चार इन्जिनियर प्रक्राउ


१७ असार २०७७, बुधबार


अख्तियार

दैलेख । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चारजना घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो ।

दैलेखको भगवतीमाई गाउँपालिका–३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग धुस माग गरेको आयोगले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव–इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव–इन्जिनियर विरेन्द्र चन्दलाई खटिगएको कार्यस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ।

आयोगले निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, सव–इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस