नेकपा स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी कमिटी बैठक स्थगित


१७ असार २०७७, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

बुधबारको बैठकमा पाँच जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले आ आप्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए ।

अब बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस