शोक प्रस्ताव पारित गरी संसद बैठक स्थगित हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शोक प्रस्ताव पारित गरी संसद बैठक स्थगित हुने


१७ असार २०७७, बुधबार


काठमाडौं । बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगित हुने भएको छ । कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गरी स्थगित हुने भएको हो ।

आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले बताए ।

यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको हो ।

सांसद छन्त्यालको निधन भएकोबारे संसद बैठक अगाडि नै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संसद सचिवालयमा जानकारी दिने बताए । सम्बन्धित पार्टीले निधन भएको जानकारी जुन दिन दिन्छ, सोही दिन शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित गर्ने प्रचलन रहेको छ ।

संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस