सांसद ज्ञानकुमारी छन्त्यालको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद ज्ञानकुमारी छन्त्यालको निधन


१७ असार २०७७, बुधबार


काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ ।

मुट सम्बन्धी समस्याबाट पीडित सांसद छन्त्यालको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकै क्रममा बुधबार बिहान निधन भएको हो ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस