कविता – निजामतीको यो हाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कविता – निजामतीको यो हाल


१६ असार २०७७, मंगलबार


कसले सोचेको थियो निजामतीको यो हाल हुन्छ ?
गणतन्त्र आएपछि कर्मचारीको बेहाल हुन्छ ।

औँठाछाप लाउनेहरू नै साँचो लिएर बसेपछि,
अवश्यपनि मेरिटोक्रेसीको अकाल हुन्छ ।

योग्यता, निष्पक्षता र स्वच्छतालाई मासेर,
आफ्ना आसेपासे करारमा राख्ने चाल हुन्छ ।

उही पदमा नियुक्ति दिएर त्यसमै अवकाश दिने,
अब विश्वको एउटै मात्र देश नेपाल हुन्छ ।

अरूको विचार नसुन्ने आफ्नै मात्र लाद्न खोज्ने,
त्योभन्दा सभ्य त बरु जुवाको खाल हुन्छ ।

कर्मचारीको बुई चढी उसैमाथि छुरा चलाउनेहरू,
हेर्दै जानुस् यसको छिनोफानो यही साल हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस