कर्मचारी विधेयकमा असहमति, आन्दोलनको तयारीमा रहन आव्हान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी विधेयकमा असहमति, आन्दोलनको तयारीमा रहन आव्हान


१५ असार २०७७, सोमबार


काठमाडौँ । ट्रेड युनियनकर्मीहरुले संसद्को राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा असहमति जनाउँदै अस्तित्वको रक्षाका लागि कर्मचारीहरूलाई आन्दोलनको तयारीमा रहन आव्हान गरेका छन् ।

कर्मचारीका चार वटा पेसागत संगठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको आम कर्मचारी विरोधी दफाहरूलाई तत्काल हटाउन माग गरेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल प्रसाद पोखरेल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले विभिन्न ११ वटा मागहरू राखेका छन् ।

प्राप्त अधिकार रक्षाका लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू तय गरी तत्काल आन्दोलनको घोषणा गर्न निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनलाई अनुरोधसमेत गरेका छन् ।

हेर्नुहोस् मागहरू

Tags :
प्रतिक्रिया दिनुहोस