पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,२४८ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३,२४८ पुग्यो


१५ असार २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज मात्रै ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । आज कोरोााना पुष्टि हुनेमा महिला ११२ र पुरुष ३६४ जना रहेका छन् ।

यस्तै हालसम्म कूल कोरोना संक्रमितको संख्या १३२४८ पुगेको छ । महिला १५८६ र पुरुष ११६६२ छन् ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये १३ जना महिला र १०८ जना महिला छन् । हालसम्म २६६ जना महिला र २८६६ जना पुरुष गरी ३१३४ जना कोरोना निको भएर घर फर्किसकेका छ ।

यस्तै, काठमाडौं उपत्यकमा पनि कोभिड १९ को वृद्धि भएकाले घरबाट ननिस्किन स्वास्थ्य मन्त्रलायले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस