सलह नियन्त्रण गर्न तत्काल दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सलह नियन्त्रण गर्न तत्काल दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस


१४ असार २०७७, आइतबार


काठमाडौँ । सलह नियन्त्रणका लागि तत्काल एक्शनमा गइ दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस गरिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरेका हुन् ।

‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने । प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने लगायतका निर्णय भएका छन् ।

‘‘बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भयो । बढी झुन्ड देखिएको ठाउँमा भोलिरपर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोही अनुसार सिफारिस गरेका छौं’ कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने ।

यस्तै त्यसबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने भनिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोल लगायतको प्रयोग, नीतिगत निर्णयहरु बुझाएको बताए ।

त्यसैगरी प्रदेश र स्थानीय सरकारलाई सूचना दिनेबारे प्राविधिक टोलीले निर्णय गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस