विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित १० मुलुकहरू « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित १० मुलुकहरू


१४ असार २०७७, आइतबार


काठमाडौँ । विश्वभर कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । जोन हकिन्स विश्वविद्यालये दिएको जानकारी अनुसार यो समाचार तयार पार्दा सम्म कोरोनाका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ५ लाख १ हजार ४ सय ८० पुगेको छ ।

विश्वको कोरोना बाट सबैभन्दा बढी प्रभावित देश अमेरिका छ । जहाँ १ लाख २८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्र मितको सङ्ख्या २५ लाख भन्दा बढी पुगिसकेको छ ।

यस्तै दोस्रो बढी प्रभावित देश ब्राजिल रहेको छ । ब्राजिलमा ५७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । भने १३ लाख भन्दा बढी सङ्क्रमित भएका छन् ।

आइतबार बिहान सम्मको तथ्याङ्क हेर्दा विश्वका अन्य मुलुकमा हेर्दा रुसमा ६ लाख २६ हजार ७७९, भारतमा ५ लाख ८ हजार ९५३, बेलायतमा ३ लाख ११ हजार ७२७, पेरु २ लाख ७५ हजार ९८९, चिलीमा २ लाख ६७ हजार ७६६, स्पेन २ लाख ४८ हजार ४६९, इटालीमा २ लाख ४० हजार १३६ र चीनमा ८५ हजार १७३ जना सङ्क्रमित भएका छन् ।

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ९० हजार पुगेको छ । अझै कोरोनाको सङ्क्रमण दर बढीरहेकोा छ । भारतमा आज मात्रै २० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै नेपालमा पनि सङ्क्रमण दर बढिरहेको छ । शनिवार सम्म १२ हजार भन्दा बढीमा कोरोना पुष्टि भएको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस