सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक


१४ असार २०७७, आइतबार


काठमाडौँ । भारत हुँदै नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणका लागि योजना बनाउन विज्ञ समूहको बैठक बसेको छ । बैठक कृषि मन्त्री घनश्याम भुसालको अध्यक्षतामा बसेको छ ।

शनिवार नेपाल प्रवेश गरेको सलह किरा आइतबार बिहानसम्म देशका विभिन्न जिल्लामा प्रवेश गरिसेको छ । तराइका जिल्लाहरूबाट भित्रिएको सलहको भुण्ड समूह पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लाहरूमा पनि देखिएको छ ।

यसअघि कृषि मन्त्रालयको प्राविधिक समितिले नेपालमा सलहको जोखिम नरहेको बताएको थियो तर सलह नेपाल प्रवेश गरिसकेको छ ।

नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले सलहको जोखिम नदेखिने भनेपनि सलहको झुण्ड नै नेपाल प्रवेश गरेको छ ।

शनिवार मात्रै नेपाल प्रवेश गरेको किराले कति क्षति पुर्‍यायो भन्ने बारे भने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस